कमल कुमाल
कालिकोट आजबाट कालिकोट जिल्लाका सबै घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान सुरू भएको छ । सुरक्षित कर्णाली विषेश अभियान २०८० कर्णाली प्रदेशका घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान आइतवार एक कार्यक्रमका बिच सदरमुकाम मान्मको एक घरबाट टाँसेर प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी र प्रहरी प्रमुख जयश्वर रिमालले सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्नाले उक्त अभियानको सुभारम्भ गरेका हुन ।
आफु असुरक्षित भएमा अथवा संकास्पत बस्तु फेला पारेमा वा अन्य केही सम्स्या परेमा घर नजिकैको प्रहरीलाई खबर गर्ने सकिने छ यो अभियानले मुख्यतया घरेलुहिंसा र पिडितले सजिलै न्यायको बाटोमा जान सक्ने भएकाले यो अभियान निकै प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथी जोरासिंह माझीले बताए ।

कार्यक्रममा नेपाली सेनाका सेनानी, शसत्र प्रहरी बलका प्रमुख नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट,लगायतका सुरक्षाकर्मी पत्रकार नागरिक समाजको उपस्थितिमा शुभारम्भ गरिएको थियो ।
तिलाप्रेस । ३१ असार २०८०, आईतवार १२:५९