नेपाली कांग्रेसको पहिलो जिल्ला सम्मेलन सम्पन्न 

कालिकोट  नेपाली कांग्रेस जिल्ला कार्य समिति कालीकोटको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति अम्बबहादुर शाहीको सभापतित्व नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाको प्रमुख आतिथ्य प्रदेश सभा ख का प्रदेशसभा सदस्य एव नेपाली कांग्रेस कर्णाली प्रदेशका सचेतक हिक्मत बहादुर बिष्टको विशेष आतिथ्यतामा पहिले जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाले आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर अगाडि कसरी बढ्न सकिन्छ भन्ने तिर जाउँ एक अर्कोको आलोचना गर्नु भन्दा पनि जनताको समस्यालाई कसरी समाधान गर्ने सकिन्छ त्यसलाई बिशेश प्राथमिकता राख्न समेत आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया