कालिकोटमा पनि मनाईयो धान दिवस

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा बिभिन्न कार्यक्रम गरी असार १५ रोपाई दिवस मनाईएको छ । जिल्ला कृषी विकास कार्यालयको आयोजनामा गरेको धान दिवसका अवसरमा रोपाई खेतमै पुगेर असार १५ रोपाई दिवस मनाईएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

कृषी बिकास कार्यालय कालिकोटका कार्यालय प्रमुख बालाराम देवकोटाले कालिकोटको बहुआयामिक कृषि खेतीलाई व्यवसायीक र आधुनिकिकरण गर्दा यहाँको जीबनस्तरमा सहयोग पुग्ने बताउनु भयाे।साथै रोपाई दिवसका अवसरमा किसानसँगै खेतमा हिलो खेल्ने र कृषि खेती प्रति उत्साह थप्न रोपाई दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमूख बालाराम देवकोटाले बताए ।

कार्यक्रममा सहभागि समेत रहनु भएका कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले नेपाल एउटा कृषि प्रदान देश भएकाले अहिले सम्म विदेशी कृषि बस्तुहरु नेपालमा भित्रिनु एउटा दुखको कुरा भएको बताउदै कर्णालीको मार्सिधानको नेपाल भरी चर्चा भएकाले यसको बृद्धि बिकास र धानमा आत्म निर्भरको लागि केन्द्र सरकार,प्रदेश सरकार, स्थानिए सरकार गरी तिनै तहका सरकारहरु जिम्वार भएर लाग्नु पर्ने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया