कमल कुमाल
कालिकोट रास्कोट नगरपालिकाको वडा नम्बर ९लाई वाल श्रम मुक्त वडा घोषणा गरिएको छ । रास्कोट नगरपालिका र युनिसेफ नेपालको साझेदारीमा वडा न. ९ लाई वालश्रम मुक्त वडा घोषणा गरिएको हो ।
रास्कोट नगरपालिका वडा ९का वडा अध्यक्ष धन बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख धर्मराज उप प्रमुख मिनराज बराल, प्रमुख प्रशासकिय अधिकृत तथा विभिन्न वडाका वडा अध्यक्ष, युनिसेफका प्रतिनिधि तथा वालवालिकाका साथै समुदायको उपस्थितिमा भएको कार्यक्रममा समुदायले बालश्रम हुने कुनै पनि काम वालवालिका नगराउने प्रतिवद्धता जनाएको बताइएको छ ।

त्यसै गरी रास्कोट नगरपालिकाका सबै वडालाई वालश्रम मुक्त घोषणा गरेर रास्कोट नगरपालिकालाई वाल श्रममुक्त वडा घोषणा गर्ने तयारी रहेको नगर उपप्रमुख मनिराज बरालले बताएका छन । रास्कोट नगरपालिका मा थप ३ वटा वडा लाई बालश्रम मुक्त वडा घोषण गरिएको छ । १,६,र ९ बालश्रम मुक्त वडा घोषण गरिएको हो ।
तिलाप्रेस । ३२ जेष्ठ २०८०, बिहीबार २०:५६