कमल कुमाल
कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं.१ मा बालश्रम मुक्त वडा घोषणा भएको छ । आगामी आर्थिक वर्षभित्र बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले सोमबार एक समारोहका बीच बालश्रम मुक्त वडा घोषणा गरेको हो ।बालश्रम मुक्त वडा घोषणा गर्दै रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही पोषणले बालबालिकालाई श्रममा लगाउनु कानुनी रुपमा दण्डनीय र सामाजिक निन्दनीय भएको बताए । नगरपालिकाभित्र अझै पनि बाल श्रमिकहरु रहेको हुन सक्ने बताउदै शाहीले प्रभावकारी अनुगमन हुनुपर्ने समेत बताए ।

साथै नगर उप प्रमुख मनिराज बरालले नगरपालिकालाई बालश्रम मुक्त बनाउने अभियान प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले भने, ‘आगामी आर्थिक वर्षभित्र नगरपालिकालाई बालश्रम मुक्त वडा घोषणा गर्ने लक्ष्य लिएका छौं ।बालश्रम मुक्त गर्ने अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।
तिलाप्रेस । २९ जेष्ठ २०८०, सोमबार १८:०९