कालिकोटको शुभकालिका गाउँपालिका (६ को गविरामा शनिबार राती लु १ च ८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा परि बोलेरो चालक शुभकालिका २ बर्ष ३० हर्क बिक, शुभकालिका ८ बर्ष ३१ रामबहादुर शाही र दैलेख नौमुले ३ बर्ष २५ गोपाल सलामी मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बताए ।

बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुदै गाउँपालिका कार्यालय तर्फ आउदै गरेको बोलेरो गाडी राति १२ बजे दुर्घटना भएको वडा नं। ६ का अध्यक्ष दिप बहादुर शाहीले जानकारी दिए । उद्दारका लागि प्रहरी निरिक्षक यज्ञराज जोशीको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको
तिलाप्रेस । २८ जेष्ठ २०८०, आईतवार ०७:०७