कमल कुमाल कालिकोट
जिल्लाकाे तिलागुफा नरपालिकाको आयोजना, सहास नेपाल लिफ्ट परियोजना र हुरेन्डेक नेपालको भकारी कार्यक्रम को संयुक्त आर्थिक सहयोगमा नगरपालिकाका विभिन्न कलस्टरहरुमा विपद प्रतिकार्यका लागी कृतिम घटना अभ्यास तिलागुफा नगर प्रमुख शंकर प्रसाद उपाध्याय, उप प्रमुख महेन्द्र बहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर मल्ल र विभिन्न शाखा प्रमुख तथा प्रतिनिधिहरुको विचमा कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधि २०८० को परिक्षण गरि आगमी दिनमा विपद प्रतिकार्यमा कृतिम अभ्यास वाट लिएका सिकाइ अनुभव र समस्यहरुलाई ओल्याई भावी दिनमा सुधार गरि उद्धार तथा राहत सहयोग कार्यलाई व्यवस्थित गर्न यो अभ्यास गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत लाल वहादुर मल्लले पुनरावलोकन कार्यक्रमलाई समापन गर्दै यस कृतिम नमुना अभ्यासले पालिकाको सबै कलस्टरलाई विपदका वेलामा प्रतिकार्य गर्नका लागी व्यवस्थित र तयारी अवस्थामा रहन सिकाई प्रदान गरेको छ र प्राप्त पृष्ठ पोषणले आगामी दिनमा अझ सुधार गर्दै लैजाने र विपदको वेलामा प्रतिकार्यको लागी तयार रहन सहायता गरेको बताउदै अर्थिक सहयोग गर्ने सहास नेपाल लिफ्ट परियोजना र हुरेन्डेक भकारी कार्यक्रमलाई धन्यवाद दिनु भएको छ ।
तिलाप्रेस । २४ जेष्ठ २०८०, बुधबार १६:३०