कालिकोट नेकपा (माओवादी केन्द्र ) रास्कोटको नगर भेला बाट पदम खड्का (सुवास ) अध्यक्षमा सर्वसम्मत भएका छन। उक्त भेलाले उपाध्यक्ष हरुमा टक फर्साल, नमराज संज्याल विरेन्द्रा सज्याल, गौरी दर्जि रहेका छन । त्यसैगरी सचिवमा कमल शाही सहसचिवहरु जग फडेरा, राज बहादुर शाही रहेका छन भने कोषाध्यक्ष ऐन बहादुर शाही सर्वसम्मत भएको
रास्कोटको नगर अध्यक्ष समेत रहेका रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण) ले जिम्मेवारी हस्तान्तरण गर्दै आगामि पाइला फलदायि र रास्कोटी जनताको पक्षमा अधि बढ्न प्रेरणा पैदा हुने र आफूले सक्दो सहयोग पार्टी र जनता को पक्षमा लागि रहने बताउदै वैठक पुस्तिका हस्तान्तरण गरेको बताइएको छ । उक्त भेलाका अतिथिहरुले सफलताको शुभकामना दिएका छन ।

कालीकोट जिल्लाको ३ नगर पालिका ६ वटा गाउ पालिकामा नयाँ नेतृत्व चयन गर्दै भेला सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र ) कालीकोटले जनाएको छ ।
तिलाप्रेस । २२ जेष्ठ २०८०, सोमबार २२:०७