बालविवाह मुक्त पालिका बनाउन , जनप्रतिनिधी संग बहस

कालिकोट प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) द्धारा संचालित बाल विवाह छिटो विवाह र जबरजस्ती विवाह गरिने रोकथाम परियोजना अन्र्तरगत  सान्नी त्रिवेणी गाउँपालिकालाई बाल विवाह मुक्त पालिका निर्माणका लागि वहस कार्यक्रम सम्पन्न भएको छ । बाल विवाहको अन्त्य गर्नका लागि पालिकाले चाल्नु पर्ने कदम, बनाउनु पर्ने नीति नियम तथा आम नागरिकहरुको राय सल्लाह सुझाव सहित, बाल विवाह मुक्त पालिका निर्माणका लागि अब के गर्नु पर्छ भन्ने विषयमा छलफल भएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उक्त छलफलमा कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि, उपाध्यक्ष पार्वति शिंह संज्याल, वडा नं ४ का वडा अध्यक्ष देव नाथ योगि , वडा नं ३ का वडा अध्यक्ष रंगलाल देवकोटा, वडा नं ६ का वडा अध्यक्ष नहकुल संज्याल , प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहि विषयगत शाखाका प्रमुख, राजनितिक दल, बाल क्लव, वुद्दिजिवि लगायतको सहभागिता रहेको थियो ।
। बाल विवाह मुक्त पालिका निर्माणका लागि विद्यालय स्तरमा अभियान संचालन गर्नु पर्ने , नीति नियम बनायर कार्यन्वयनको बाटोमा लैजान उपस्थितहरुले माग गरेका छन । बाल विवाह मुक्त पालिका निर्माणका लागि शिक्षामा पहिलो प्राथमिकता दिनु पर्ने , गाउँ समाज टोलमा यसका विषयमा अभियान संचालन गर्नु पर्ने सादा नेपालको अनुगमन मूल्यांकन अफिसर नमराज योगी, फिल्ड अफिसर केबल बहादुर बम बताए ।बम का अनुसार सामाजिक कुरिति र विकृतिको अन्त्यका लागि सवैले एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । पहिलो क्रममा पालिकालाई बाल विवाह मुक्त पालिका निर्माणका लागि २ वटा वडाबाट सुरुवात गरी  घोषणा गर्न समेत  बताए  ।

सान्नी त्रिवेणी गाउँपालिकामा सन २०२० मा ५८ प्रतिशतले बाल विवाह गरेका थिए भने सन २०२१ मा बाल विवाह गर्नेको संख्या ७० प्रतिशत पुगेको थियो । यस्तै २०२२ मा भने बाल विवाह दर घटेर ४८ प्रतिशतमा आएको सादा नेपालले गरेको सर्वेक्षणले देखाएको छ । अव यसलाई शुन्यमा झार्नका लागि विभिन्न संघ संस्था , स्थानिय सरकार र आम नागरिकहरुले अभियानका रुपमा लाग्ने पर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया