बिद्यालयमा शैक्षिक योजना डायरि हस्तान्तरण 

कमल कुमाल
बाजुरा जिल्लाको जगन्नाथ गाउपालिका वडा न.५ का बिद्यालयहरुमा शैक्षिक योजना डायरि हस्तान्तरण गरिएको छ । स्थानीय स्रोत, पर्यटन, धार्मिक शैक्षिक योजना तथा एतिहासिक सम्पदाहरू लाई समेटीएको शैक्षिक योजना डायरि शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । तीन ओटा बिद्यालय का प्रत्येक शिक्षक शिक्षिका लाई शैक्षिक योजना डायरि हस्तान्तरण गरिएको वडा अध्यक्ष गौरी सार्किले बताउनु भएको छ ।

श्री देवलकोट माध्यमिक बिद्यालय गोत्री,श्री दुधेशिल्ला आधारभुत बिद्यालय टालिखेत र श्री जनउत्थाना आधारभुत बिद्यालय लायँमा वितरण गरिएको थियो ।उक्त हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गौरी सार्कि, बिद्यालय ब्यवस्थापन समितिअध्यक्ष कृष्ण कुमार बम,लगायतका शिक्षकहरुको उपस्थितिमा शैक्षिक योजना डायरी हस्तान्तरण गरिएको थियो।

तपाईको प्रतिक्रिया