कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले जनप्रतिनिधि र कर्मचारी मिले पालिकाकै नमुना पालिका बनाउन सक्ने बताएका छन् । स्थानीय सरकार संचालन सम्बन्धि कर्मचारीहरुको क्षमता अभिबृद्धी तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले यस्तो बताएका हुन् ।सकरात्मक सोच हुदा हुदै पनि अध्यायनको कमी भएका कारण गाउँपालिकाको प्रशासनिक काममा कहिलेकाही समस्या आउने गरेको भन्दै उनले कर्मचारी र जनप्रतिनिधिहरुले स्थानीय सरकार संचालन ऐन, कानुन सम्बन्धि सबैले ज्ञान लिनु पर्ने भएकाले तालिमको आयोजना गरिएको बताउनु भएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विकले कर्मचारीहरु स्थाई सरकार भएकोले जनप्रतिनिधिहरुलाई सफल बनाउने जिम्मा कर्मचारीहरुको भएको बताए । पद अनुसारको काम गरे मात्रै जनप्रतिनिधिका सपना साकार हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत वि।क।ले स्थानीय सरकारको हात खुट्टा भनेको नै कर्मचारी भएको उल्लेख गरे ।

काम गर्दा जहिले पनि इमानदारिता हुने पर्ने भन्दै उनले अरुसँग विवाद गर्नु भन्दा पहिला आफु तिर पहिलो प्रश्न गरे मात्र अरुलाई उत्तर दिन सक्ने ठाउँमा जाने क्षमताको विकास हुने भएकोले पद मात्र भएर नहुने भन्दै काम गर्ने क्षमताको पनि विकास गर्न जरुरी भएको प्रमुख अधिकृत विकले बताए ।४ दिन सम्म चलेको कर्मचारीहरुको क्षमता अभिबृद्धी तालिममा गाउँपालिका भित्रका नौं वटै वडाका सचिव र विभागिय प्रमुखहरुको सहभागिता रहेको थियो ।
तिलाप्रेस । १० चैत्र २०७९, शुक्रबार २०:३६