पचालझरना गाउपालिकामा उद्योग विकास शाखाकाे अायाेजना ९० दिने सिलाई कटाइ सम्बन्धि तालिमकाे उद्घाटन

कमल कुमाल कालिकोट “ सीप सिकै अात्म निर्भर बनाैँ भन्ने मुल नाराका साथ पचाझरना गाउपालिकामा नेपाल सरकार उद्योग बाणिज्य तथा अापुर्ति मन्त्रालयकाे अार्थिक सहयोग र पचालझरना गाउँपालिका उद्योग विकास शाखाकाे अायाेजनामा सञ्चालीत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) दुारा सञ्चालीत ९० दिने सिलाई कटाइ सम्बन्धि तालिमकाे उद्घाटन गरिएकाे छ ।

उक्त उद्घाटन कार्यक्रममा पचालझरना गाउँपालिका वडा नं . २ का अध्यक्ष  करविरे कार्मी काे प्रमुख अतिथ्यता पचालझरना गाउँपालिका उद्योग विकास शाखाका कर्मचारी नेत्रराज बमकाे विषेश अातिथ्यतामा तालिम उद्घाटन गरिएकाे हाे ।उद्घाटन कार्यक्रममा बाेल्दै बमले स्थानिय बेरोजगार युवा युवतीहरुलाई उद्यम मार्फत आत्मनिर्भर बनाउनका लागी तालिमको आयाेजना गरिएको समेत बताउनु भएकाे छ ।

तालिममा सहभागी ६ जना उपस्थित रहेका थिए भने तालिम ९० दिनसम्म संचालन हुने भएकाे छ । यस कार्यक्रमकाे सहजिकरण भने कर्मचारी बलिराज सेजुवालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया