मार्सी चामल देखी बेसारसम्म ब्रान्डिङ गर्दै कृर्षि विकास  कार्यालय कालिकोट

कालिकोट कृर्षि विकास कार्यालय कालिकोटले अर्गानिक उच्च मुल्य कालो मार्सी चामल, बेसार, स्वाउलाई ब्रान्डिङ गर्दै बजारीकरणमा सहयोग गर्ने भएको छ ।कालिकोटमा उत्पादन हुने अर्गानिक उच्च मुल्यका कालो मार्सी चामल बेसार। स्वाउ जस्ता कृर्षि वस्तुको एकद्धारा रुपमा बिक्री बितरण नहुदा पहिचान समेत हुन नसकेको कृर्षि अर्थ बिज्ञ बालकराम देवकोटाले बताएका छन ।पहिचान बिनै बाहिरी बजारमा बिक्री भइरहेका छन ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

यसलाई पहिचान सहित ब्रान्डिङ गर्दै बजारीकरणमा ढुवानी सहितको सहयोग गर्ने बताए ।किसानले उत्पादन गरेको वस्तुको उत्पादन स्थलदेखी ३ किलो मिटर ढुवानीको व्यवस्था कार्यालयले गर्ने देवकोटाले बताए । ढुवानी संगै उच्चमुल्यका कृर्षि जन्य वस्तुको एकद्धारा प्राली मार्फत देशका ठुलाठुला शहरमा बिक्री गर्ने व्यवस्था कार्यालयले मिलाउछ देवकोटाले भने ।देवकोटाका अनुसार पुरानो रैथाने बाली चिनो, कागुना र फापरको पनी उत्पादन हुने क्षेत्र पहिचान गरिरहेका छौँ। यसको पनी महत्व बढिनै छ । यसको उत्पादन र बजारी करणमा सहयोग गर्ने छौँ । अहिले एक किसानले ५ कुइन्टलदेखी माथिको कृर्षि बस्तुको ठुवानी कार्यालयले गर्ने समेत बताए ।साथै उनले बिक्रिका लागी अर्गानिक कम्पोष्ट मलको पनी बिसानलाई रेट निर्धारण गरेको बताए । यसको लागी बजेट स्वीकृत भइसकेको छ ।

केही नयाँ र नौलो काम मात्र हैन कालिकोटमा उत्पादन हुने उच्चमुल्य वस्तुको पहिचान गर्नमा आफु लागी परेको समेत बताए ।आर्थिक वर्ष २०७९ ८० का लागी कार्यालयबाट संचालन भइरहेका योजनाहरुबारे पनी जानकारी गराए ।यो वर्षमा ५४ वटा सिचाँई पोखरी कुलो निर्माण भइरहेको समेत बताए ।अहिलेसम्म २० वटा योजनाहरुको निर्माण सम्झौता भइसकेको छन । केही वाकी छन ।

वाकी योजनाहरुको अव केही दिनमै सम्झैता गरेर निर्माणका कामहरु अगाढी छिटो बढाउन निर्देशन दिने बताए ।कामै नगरी खाने प्रचलनको अनत्य गर्न निर्माण हुने योजनाहरुको अनुगमनमा कडा पारिने कार्यलय प्रमुख तथा अर्थ विज्ञ देवकोटाले बताए । बिगतमका जे जस्ता कमजोरी भएपनी अवदेखी योजनामा कडा निगरानी बढाइने समेत बताए ।

तपाईको प्रतिक्रिया