पौष १ कालिकोट गत असोजमा परेको अबिरल बर्षाका कारण पहिरोमा परि घाईते भएकी निक्कि बाहेराको काठमाण्डौ स्थित सुस्मा मेमोरियल अस्पताल साकु काठमाण्डौमा उपचार भईरहेको छ । आर्थिकले अभाव भएकै कारण उनलाई केही समय अघि उपचारका लागि समस्या आएको थियो । मिडिया र आफन्तहरुले उपचारका लागि सहयोग मागे पछि बिदेश तथा स्वदेशबाट राहत स्वरुप खर्च जुट्न थालेको उनकि आमा दर्पना बोहोराले बताउनु भएको छ ।
पचालझरना गाउँपालिका अध्यक्ष देबराज शाही उपाध्यक्ष अल्किना बम वडा न ९ का वडा अध्यक्ष ललिजङग बहादुर शाहीले उपचारको शिलशिलामा रहेकि निक्किलाई भेटघाट गर्नु भयको छ ।

भेटघाटका क्रममा गाउपालिकाको तर्फबाट ४० हजार सहयोग गर्नु भएको बताईको छ । साथै वडा अध्यक्ष ललिजङग बहादुर शाहीले २ हजार सहयोग गर्नु भएको हो । थप उपचारमा बालिकालाई सहयोग गरिने अध्यक्ष देवराज शाहिले बताउनु भयो ।
तिलाप्रेस । १ पुष २०७९, शुक्रबार २१:०४