चुनावका बाचा पूरा गर्दै ,उपप्रमुख शाही

तिलागुफा नगरपालिका वडा नम्वर ३ फोईमहादेवमा बुधवार बिधुतको राष्ट्रिय प्रसारण लाईन जडान गरि फोईमहादेव वडा नं(३ का करिव ३०० सय घरदुरीलाई अध्यारो बाट मुक्ति गर्ने अभियान सम्पन्न भएको तिलागुफा नगरपालिका उप(प्रमुख महेन्द्र बहादुर शाहीले बताएका छन ।

तिलागुफा नगर सरकारले चुनावको बेला जनता को बिचमा गरेका प्रतिबद्धता एक पछि अर्को गर्दै पूरा गर्दै आएको पाईएको छ ।
यस कार्यमा सहयोग गर्ने नगर सरकार , बिधुत प्राधिकरण कालिकोटको सम्पूर्ण टिम र वडा नम्वर ३ का वडा अध्यक्ष सुर्य बहादुर शाही लगाएत सम्पूर्ण फोईमहादेव बासि आमा बुवा दाजु भाइ दिदी बहिनि लाई आभार सहित अध्यवाद भन्दै आगामि दिनमा अन्य वडामा केन्द्रीत हुनेछौ उप(प्रमुख शाहिले बताए ।

तपाईको प्रतिक्रिया