उमेर पुगेर  विवाह गर्ने दलित समुदायका महिलालाई १० हजार नगद दिने

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका १ मा रहेका दलित समुदायका महिलाले उमेर पुगेर विवाह गरेमा वडाले १० हजार नगद दिने भएको छ । आर्थिक वर्ष २०७९।०८० मा बालविवाह न्युनिकरण गर्न वडाले यस्तो निर्णय गरेको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

बालविवाह विरुद्धको साझाअभियान कालिकोटका संयोजक खडानन्द अधिकारीको अध्यक्षता, खाँडाचक्र नगरपालिकाकाउपप्रमुख गणेशबहादुर शाहीको प्रमुख आथित्यतामा भएको एक कार्यक्रममा वडाध्यक्ष धर्मराज ताम्राकारले दलित समुदायका उमेर पुगेर विहे गर्ने महिलालाई १० हजार नगद दिने निर्णय वडाले गरेको बताए ।

खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधीसँग वालविवाह न्युनिकरणका लागि गरिएको अन्र्तक्रिया कार्यक्रममा नगरपालिकाकाले विभिन्न गतिविधीहरु संचालन गरिरहेको सहभागि प्रतिनिधिले बताए । बालविवाह न्युनिकरणका लागि सबै सरोकारवाला सबै निकायले पहल गनुपर्नेमा जोड दिइएको छ ।

बालविवाह विरुद्धको साझा अभियान कालिकोटले जिल्लामा बालविवाह न्युनिकरणका क्षेत्रमा विगत लामो सयम देखि काम गदै आएको छ ।सुर्य अनलाइन बाट सभार

तपाईको प्रतिक्रिया