यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कालिकोट ः यौन तथा प्रजन्न स्वास्थ्य अधिकार सम्बन्धी मिडियाकर्मी हरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम होटल हिल साईटमा सम्पन्न भएको छ । जिल्ला स्थित मिडियामा कार्यरत पत्रकार तथा संचारकर्मीहरुको सहभागी रहेको अभिमुखिकरण कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि विभिन्न बिषयमा बहस गरिएको छ । आगामी दिनमा मिडिया जगतले यौन तथा प्रजनन स्वास्थ अधिकारका क्षेत्रमा के कस्ता गतिविधिहरु संचालन गरि समुदाय स्तरसम्म सुचना फैलाउन सकिन्छ भन्ने मुल धेयका साथ अभिमुखिकरण गरिएको कार्यक्रम अधिकृत डम्बर बोहोराले बताए ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा संचालित “नेतृत्व र निर्णय “परियोजनाको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टको प्रमुख आथित्यता र पत्रकार महासंघका सल्लाहकार एवं वरिष्ठ पत्रकार तुलराम पाण्डे र काली बहादुर मल्लको विशेष आथित्यतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बृहत् यौनिकता शिक्षा,यौन तथा प्रजनन स्वास्थ अधिकार सम्बन्धि राष्ट्रिय स्तरको प्रशिक्षक सागर बुढाथोकीले सहभागी मिडियाकर्मीलाइ प्रशिक्षण गरेका छन्

तपाईको प्रतिक्रिया