कालिकोट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान कालिकोटको पहिलो अधिबेशन हिजो सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष राधिका हमाल को विशेष उपस्थितिमा सम्पन्न अधिवेशनले २७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको अध्यक्षमा खगेन्द्र न्यौपाने , संस्थापक अध्यक्ष बिस्वनाथ सिम्खाडा, उपाध्यक्षमा , बिनोद न्यौपाने, सचिव तिलक बुढा, प्रवक्ता रमेश कठायत झलक, कोषाध्यक्ष इप्सल सन्ज्याल, सहसचिव ललित बिस्वकर्मा लगायतका रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान जिल्ला कार्य समितिको पहिलो बैठकसम्पन्न भएको छ । बैठकमा केन्द्रीय उपाध्यक्ष हमालका साथै कालिकोट जिल्लाका वरिष्ठ सर्जकहरु चित्रसिंह गाउँले,पुष्पराज आचार्य , लक्ष्मणबहादुर वम, भरतराज बिष्ट,ऋषिराम आचार्य ले रसिलो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे भने गायक नयन बहादुर शाही,मोडेल तथा गायिका इप्सल सञ्ज्याल लगायतले प्रस्तुति राखेका थिए ।
तिलाप्रेस । ६ आश्विन २०७९, बिहीबार १७:४३