जिल्लामै पहिलो पटक ‘स्लो बाईक रेस’ कार्यक्रम सम्पन्न

कालिकोट जिल्लामै पहिलो पटक ‘स्लो बाईक रेस’ कार्यक्रम सम्पन्न भएको छ । कर्णाली कला तथा सास्कृतिक जर्गेना केन्द्र कालिकोटको आयोजनामा शनिवार जिल्ला समन्वय समितीको खुल्ला मन्चमा स्लो बाईक रेस कार्यक्रम भएको हो । कार्यक्रममा सहभागि २५ जना मध्येबाट ५ टिममा विभाजन गरिएको थियो ।

५ टिममा कमल शाही, डिल्ली प्रसाद चौलागाई, लोकेन्द्र शाही, नेत्र चौलागाई र बसन्त शाहीले स्लो बाईक रेसमा प्रथम भएका थिए । ५ जना प्रथमको कडा प्रतिष्पर्धा गर्दा नेत्र चौलागाई प्रथम लोकन्द्र शाही द्वतीय र बसन्त शाही तृतीयमा भएका छन् ।

सान्त्वनामा भने डिल्लीप्रसाद चौलागाँई भएका छन् । प्रथम दृतिय र तृतियलाई क्रमस ७ हजार, ४ हजार र ३ तिन हजार नगद सहित प्रमाण पत्रको ब्यवस्था रहेको कर्णाली तथा सांस्कृति जर्गेना केन्द्र कालिकोटका सचिव दमनराज शाहीले बताए ।

उनले भने, ‘पछिल्लो समय कर्णाली विशेष गरी त कालिकोटमा सवारी दुर्घटना बढि हुने भएकाले स्लो रेस बाईक प्रतियोगिताको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया