भालुको आक्रमणबाट एक पुरुष घाइते

हेमराज उपाध्याय बाजुरा,  जिल्लाको बुढीगंगा नगरपालिकामा जंगली जवार भालुको आक्रमणमा परी एक जना पुरुष गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा सोही नगरपालिका–९ का स्थानीय ५९ वर्षीय पुरन सेराला रहेको आफन्त मनोज सेरालाले बताएका छन् ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

गाउँ नजिकै मेलडाडा जंगलमा मंगलबार दिउँसो गोरु चराइरहेको बेला भालुको आक्रमण परेर गम्भीर घाइते भएका हुन् । घाइते सेरालालाई अछामको बयलपाटा अस्पतालमा उपचारका लागि लगिएको स्थानीय कृष्ण सेरालाले बताए ।उनको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेको छ । आर्थिक अवस्था कमजोर भएका पुरनको उपचारमा समस्या हुने स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया