पूर्व अध्यक्ष बमको अनुगमन पछि पलाँता अस्पतालमा केही सुधार

२४ भदौ कालिकोट जिल्लाको पलाता गाउ पालिकामा रहेको पलाता अस्पतालमा पूर्व अध्यक्ष लक्ष्मण बहादुर बमको टिमले अनुगमन गरेपछि पलाँता अस्पतालमा पहिला भन्दा अहिले सुधार उन्मुख भएको छ ।

पलाँता अस्पतालको केही दिन अघि स्थलगन अनुगमन गर्दा र्‍याकमा म्याद सकिएको औषधि फार्मेसिमा औषधि केही नभएको ल्याप र एक्सरे सेवा मैनौ देखि बन्द भएको थियो । बेटहरु अस्तबेस्त भिडियो गरेर सामाजिक संजाल मार्फत र प्रत्यक्ष कर्मचारी भेटेर सुधार गर्नु पर्ने सुझाब दियपनी केही दिनबाट सेवा सुचारु भएको बताईएको छ ।

केही दिन अघि बमले आफ्नो लगानिमा ६ वटा बिरामि बेट १ स्टेचर सेनिटरि प्याट , सेनिटाइजर र माक्स लिएर अस्पतालमा पुग्दा पहिलो अनुगमन भन्दा आज आउदा सुधार भएको देख्दा खुसि महशुस गर्नु भएको छ । साथै स्वास्थ्य शाखा प्रमुख र नि कार्यकारी लाई चाँडो औषधि ल्याएर सिटामोल समेतका लागि बाहिर जानू पर्ने बाध्यता हटाउन सुझाब दिनु भएको छ ।

तपाईको प्रतिक्रिया