कर्मचारीले सेवाग्राहीप्रति उत्तरदायी बन्नुपर्छ , प्रजिअ अधिकारी

हेमराज उपाध्याय बाजुरा,  प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्लाका प्रत्येक कार्यालयका कर्मचारीले कार्यालयमा सेवा लिन आएका सेवाग्राहीप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् ।१९ औं निजामती कर्मचारी दिवसको समापन समारोह तथा वृक्षरोपण कार्यक्रममा प्रजिअ अधिकारीले कर्मचारीले सूचना प्रविधीमैत्री बन्न आवश्यक रहेको बताएका छन् ।
उनले कार्यालयमा सेवा लिन आएका नागरिकलाई मुस्कान सहित जनसेवामा थप प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।प्र जि अधिकारीले निजामती कर्मचारी दिवसको अवसरमा मार्तडीमा रहेको मालिका मन्दिरको सरसफाई,प्रभात ¥याली र प्रत्येक सरकारी कार्यालयमा दिपावली बनाएको बताए ।

कार्यालयमा रहदा सामाजिक भाव राखेर दैनिक कार्यमा निरन्तर लाग्न सुझाव प्रजिअ अधिकारीले दिएका छन् । दिवसमारक्तदान कार्यक्रम भएपनि ब्लड बैंक नहुँदा उक्त कार्य सम्भव नभएको भने । प्रत्येक कार्यालयले कार्यालयका कर्मचारीको ब्लड ग्रुप सहितको सूचना पार्टी राख्न निर्देशन दिएका छन् ।ब्लड नपाएर कसैको ज्यान गुमाउन नदिनका लागि कार्यालयका कर्मचारीको फोन नम्बर सहित ब्लड ग्रुपको सूचना अनिवार्य राख्न निर्देशन प्रजिअले दिएका हुन् ।
दिवसमा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले कर्मचारीले जनताको शासक नभएर सेवक बन्नुपर्नेमा जोड दिएका छन् ।
उनले कर्मचारी माथि लागेका हरेक आरोपलाई छिचोल्दै प्रविधीमैत्री बनेर जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।दिवसको अवसरमा आधिकारिक टे«ड युनियनका उपाध्यक्ष देबी खत्रीे,नेपाल निजामती कर्मचारी युनियन संघ अध्यक्ष कुलबहादुर रावल, नेपाल निजामती कर्मचारी संगठन जिल्ला सचिव दिपेन्द्र पाण्डे र जिल्ला वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत कालीराम चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले संचालन गरेको कार्यक्रममो अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी रहेका थिए । कार्यक्रममा जिल्लास्थित सुरक्षाकर्मी,कार्यालयका कर्मचारीहरु सहभागी थिए ।दिवसको समापन समारो अवसरमा दुर्गाभञ्जन गुल्म परिसरमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् ।

तपाईको प्रतिक्रिया