२२ भदौ कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको पालिका रहेको केन्द्रमा सामुदायिक सोलार जडित भवन निर्माण गरिएको छ । अनुकुलन कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र सयुक्त राष्ट सघिय विश्व खाध्य कार्यक्रमको कार्यन्वयन र हुरेन्डेक नेपाल कालिकोटको साझेदारिमा संचालित क्याफ्स कर्णाली परियोजना अन्तगत भवनको निर्माण गरिएको बताईएको छ ।
उक्त भवन निमार्णका लागी एक करोड उनान्तिस लाख पचास हजारको लागतमा निमार्ण गरिएको भवनमा ४ वटा कोठा ट्वाईलेट बाथ रोमका साथै सभा हलको समेत ब्यबस्था गरिएको क्याफ्स कर्णाली परियोजनाका ईन्जिनियर हरि सत्यालले जानकारि दिनु भयो ।निर्माण कार्य सम्पन्न भै सकेको छ, केहिदिनमा हस्तान्तरण गरिने तयारि समेत रहेको बताउनु भयो ।

पालिकामा बिभिन्न किसिमका तालिम कार्यक्रम सचालन गर्न समस्या भईरहेको थियो,भवन बने पछि समस्याको अन्त्य हुने पालिका अध्यक्ष देबराज शाहिले वताउनु भएको छ ।पालिकामा ब्यबस्थित र नमुना भवन निर्माण गरिदिएकोका धन्यबाद दिदै आगामि दिनमा पनि यस्ता क्रियाकलापहरुमा पालिकाको तर्फबाट हुरेन्डेक नेपाल कालिकोटलाई सधै साथ दिने उपाध्यक्ष अल्किना बमले बताउनु भयो । एकल महिलाहरुले कोशेलि घर स्थापना चमेना गृह, स्टेशनरि, कम्प्युटर सम्बन्धि व्यापार ब्यबसाय सचालन गरि कोष सचालन गर्न सक्ने परियोजना सयोजक नरेन्द्र बहादुर शाहिले जानकारि दिनु भयो ।
तिलाप्रेस । २२ भाद्र २०७९, बुधबार १२:०८