२१ भदौ कालिकोट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित कणरली प्रदेश स्तरीय महिला र पुरुष भलिबल टिम छनौट प्रतियोगिता आज कालिकोटमा उद्घाटन गरिएको छ ।
प्रतियोगिताको कणरली प्रदेश खेलकुद परिषद् का सदस्य सचिव विश्वामित्र सञ्ज्याल र कालिकोट खाँडाचक्र नगरप्रमुख कमलबहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेशबहादुर शाहीको अध्यक्षतामा सुरु भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अन्य अतिथिहरुले खेल क्षेत्रमा उत्कृष्टता हासिल गर्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कणरलीमै आयोजना गरिने गरि अघि बढ्न शुभकामना दिनुभएको थियो ।

खेलकुद विकास समिति कालिकोटका कार्यालय सचिव हरि बहादुर शाहीले सञ्चालन गर्नुभएको उद्घाटन समारोहमा नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट , प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।
तिलाप्रेस । २१ भाद्र २०७९, मंगलवार १८:५३