कमल कुमाल
१५ भदौ,कालिकोट बाल विवाह ,छिटो बिवाह जवरजस्ती बिवाह जस्ता विभिन्न हिंसा न्युनिकरण गर्न पत्रकार संग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न हिंसा न्युनिकरण गर्न पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम मान्ममा सम्पन्न भएको छ । कालिकोटमा रहेका मिडियामा कार्यरत संचारकर्मी तथा पत्रकाहरुका लागि विशेष अन्तरक्रिया गरिएको हो ।
समाजमा हुँदै आएका बाल बिवाह,छिटो बिवाह र जवरवस्ती बिवाह न्युनिकरण सहित अन्य कुरीती,कुसंस्कार न्युनिकरण गर्न पत्रकारहरुको भुमिका माथि छलफल गरिएको हो । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा १ दिने बाल विवाह न्यूनिकरण र प्रजनन स्वास्थ्यमा किशोरीको भुमिका तथा अन्य हानिकारक अभ्यास न्युनिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा किशोर किशोरीको अवस्था र बाल बिवाह,छिटो बिवाह र जवरवस्ती बिवाह न्यूनिकरणका लागि मिडियाको भुमिकामा आधारित बिषयमा विभिन्न छलफल तथा बहस गरिएको थियो ।कार्यक्रममा जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।उक्त,कार्यक्रममा हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिप कुमार शाही, पत्रकार महासंघका पुर्व अध्यक्ष कालि बहादुर मल्ल,रेडियो नयाँ कर्णाली एफएमका कार्यक्रम संयोजक प्रेमराज सिम्खाडा,त्यस्तै मालिका एफएमका स्टेशन म्यानेजर पुस्पराज भट्टराई लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
तिलाप्रेस । १६ भाद्र २०७९, बिहीबार १६:५९