चोलेन्द्रको बचाउ गर्दै ओलीले भने स् न्यायको पक्षमा उभिँदा महाअभियोग

काठमाडौं  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय र विधिको विषयमा बोल्दा महाअभियोग खेप्नुपरेको बताएका छन् ।केन्द्रीय कार्यालय च्यासलमा शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा ओलीले न्यायको पक्षमा उभिँदा अपराधिक मनसायले जबरालाई महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन् ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

तर एमालेविरुद्ध बहस गर्ने न्यायाधीशहरुलाई सरकारले मानपदवी दिएको पनि ओलीले टिप्पणी गरे । ‘गठबन्धनको पक्षमा जसले बहस गरे, तिनलाई मानपदवी दिइयो । तर जो न्याय र विधिका विषयमा उभियो, उसलाई महाअभियोग लगाइयो’, केन्द्रीय कमिटी बैठकमा ओलीको भनाइ उधृत गर्दै एमालेका एक नेताले भने ।सत्तारुढ गठबन्धनले आपराधिक मनसायले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गरेको पनि ओलीले बताए । ‘गठबन्धनको अपराधिक मनोदशाका कारण ९महाअभियोग० लगाइएको छ, भ्रष्टाचारी हो भन्नुको कुनै सम्बन्ध छैन’, ओलीले भने ।

जबरालाई महाअभियोग लगाउन सभामुखले पनि साथ दिएको ओलीले बताएका ती केन्द्रीय सदस्यले बताए ।‘सर्वोच्च अदालतको प्रधानन्यायाधीशको महाअभियोग ६ महिनासम्म घर्रामा हालेर राख्ने सभामुख आफैं षड्यन्त्रमा संलग्न छन्, यो एमालेविरुद्ध छ’ ओलीको भनाइ उधृत गर्दै ती नेताले भने, ‘एमालेविरुद्धको षडयन्त्र भनेको जनताविरुद्धकै षडयन्त्र हो ।माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दर्ता भएको मुद्दाको पेसी चढाइएपछि जबरालाई महाअभियोग लगाइएको ओलीले बताए ।

तपाईको प्रतिक्रिया