जुम्ला यति वेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर कुटिएको घटनाले चर्चा पाएको छ।प्रतिष्ठानले डाक्टर कुटिएको घटनाको अनुसन्धान हुन नपाउँदै केही फुटेज सार्वजनिक समेत गर्यो। त्यसपछि चिकित्सक समेत आन्दोलित भए। एक दिन सबै सेवा बन्द समेत गरे। त्यसको भोलिपल्ट पनि एक घण्टा डाक्टर कुटिएको विषय लिएर सेवा बन्द गरिएको थियो। अहिले घटना केन्द्रीय स्तरमा समेत पुगेको छ।
अस्पताल प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले डाक्टर करण शाहलाई कुटेको विषयमा जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भई अगाडि बढेको छ। तर डाक्टरले ६ वर्षको बच्चालाई उपचार नगर्दा बालअधिकार हनन भएको विषय भने गुपचुप छ। त्यो दुखित घटना के होरु राज्यले अनुसन्धान त गरिरहेको छ। धनबहादुर शाही हिरासतमा छन्।

प्रतिष्ठानले उनलाई ४५ दिन निलम्बन गरिसकेको छ। अहिले घटना शुरुवात कसरी भएको थियो भन्ने विषय आमचासो बनेको छ। डाक्टर कुटिए तर किन र कसरी कुटिए भन्ने कुराको बहस हुन थालेको छ। शाहीकी श्रीमती आशा हमाल (शाही) भन्छिन्‚ ‘मेरा श्रीमान् प्रतिष्ठानका कर्मचारी भए पनि त्यो समयमा बिरामी छोरा लिएर उपचारका लागि गएका सेवाग्राही थिए।’
आफ्नै सहकर्मीको छोरा उपचारका लागि हारगुहार गर्नुपर्ने आवस्था आउने प्रतिष्ठानमा सर्वसाधारणलाई दिइने प्रतिष्ठानको सेवा कस्तो होला भन्ने विषयमा स्थानीयले प्रश्न गर्न थालेका छन्। उनी भन्छिन्, ‘अन्याय पोल्छ, न्याय बोल्छ’ भन्ने प्लाकार्डसहित उनीहरू आइतबार सडकमा उत्रिए। एक डाक्टरले बच्चालाई उपचार नगर्नु पनि अन्याय होला त। आशा भन्छिन्, ‘मेरो छोरा रातभरी पेट दुख्ने, टाउको दुख्ने भएको थियो। रातभर रोएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याइएको हो।’
तिलाप्रेस । ११ भाद्र २०७९, शनिबार १८:२०