अछाम : अछाममा सासुलाई कुटपिट र दुर्व्यवहार गरेकाे घटना बाहिर ल्याउने ११ बर्षिय बालक प्रदेश मन्त्रीद्वारा सम्मानित हुनुभएको छ ।यही भदौ ७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै घर कोठामा बर्ष ५३ कि जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गरेको भिडियाे खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने साेही ठाउँका ११ बर्षिय बालक दिपेन्द्र न्याैपानेलाई कदर स्वरुप सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी कैलाशसिंह बिष्टले बताउनुभयो ।

बालकले तत्काल घट्ना नियन्त्रण गर्न नसके पनि घट्नाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनाहरु लाई बाहिर ल्याई उजागर गर्नुका साथै कानुनी दायरामा ल्याउनमा महत्वपुर्ण योगदान पुर्याएकाे भन्दै ११ बर्षिय न्यौपाने लाई कदर स्वरुप सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सम्मान गर्नुभएको हाे ।
तिलाप्रेस । ११ भाद्र २०७९, शनिबार १८:१४