कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालीकामा न्यायिक इजालस कक्ष निर्माण गरेको छ । न्यायिक समितिको कार्य सम्पादन सहजताका लागि इजलास कक्ष स्थापना गरेको बताइएको छ। बिहिवार एक कार्यक्रमका बिच इजलास कक्षको उद्घाटन गरिएको छ ।जिल्ला सरकारी वकिल श्रीराम खनाल, गाउँपालिका अध्यक्ष महोन केसी, उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पार्वती सिंह, लगायतको सहभागितामा इजलास कक्षको उद्घाटन गरिएको छ ।

संयोजक सिंहले संरचना नहुँदा अघिल्लो सरकारले कार्यकक्षमै बसेर न्यायिक समितिको कार्यसम्पादन गर्दै आएको तर अहिले इजलास कक्ष स्थापना हुँदा कार्य सम्पादनमा सहज हुने विश्वास व्यक्त गरिन ।सरकारी वकिल खनालले न्यायिक समितिको कार्यसम्पादन निष्पक्ष हुनुपर्ने भएकाले इजलासमा रहेकाले पनि निष्पक्ष भएर काम गर्न आग्रह गरे ।नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई थप व्यस्थित गर्ने र सेवाग्राहीमैत्री सेवा प्रदानका लागि इजलाश कक्ष आवश्यक रहेको गाउँपालिका अध्यक्ष केसीले बताए ।
तिलाप्रेस । ११ भाद्र २०७९, शनिबार १७:५१