सुकुम्बासीले पनी पाउछन लालपुर्जा , राष्ट्रिय भूमि आयोग

भूमिहिन,दलित,सुकुम्वासी,तथा अव्वस्थित बसोवासीको लगत संकलन सम्बन्धि राष्ट्रिय भूमि आयोग र स्थानीय तहका विचमा कार्य समझदारी पत्रमा हस्ताक्षर भएको छ ।राष्ट्रिय भूमि आयोग कालिकोटको आयोजनामा शुक्रबार जिल्ला सदरमुकाम मान्ममा आयोजित अभिमुखिकरण कार्यक्रममा कालिकोटका नौ वटै स्थानीय तह र आयोगका विच तीन बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
भूमि आयोग कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यतामा सञ्चालित अभिमुकरण कार्यक्रममा एमाले,कांग्रेस,माओवादी केन्द्र लगायतका राजनीति दलका प्रतिनिधि,नगरपालिका प्रमुख, उप प्रमुख,गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगाएत सरोकारवालको सहभागित रहेको आयोगका विज्ञ सदस्य मिमबहादुर कार्कीले जानकारी दिनुभएको  छ ।
अव्यवस्थित बसोवासीको लगत संकलन तीन बुँदे समझदारी पत्रमा आयोगको कार्यमा १३ बुँदा,आयोगको जिम्मेवारी सम्बन्धि चार बुँदा र दुवै पक्षले गर्नु पर्ने कार्य सम्बन्धि चार बुँदा रहेका छन् । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका दाताराम खनालले लागत संकलन प्रक्रिया र प्रथामिकतका बारेमा जानकारी गराउनु भएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

तपाईको प्रतिक्रिया