जापानमा रहेका नेपाली विद्यार्थीका समस्या र कालिकोट सेवा समाजको कार्ययोजनाबारे मा.महेन्द्रबहादुर शाहीसँग छलफल

कालिकोट: हिजो कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा कालिकोट जिल्लाका माननीय महेन्द्रबहादुर शाहीसँग भेटघाट तथा महत्वपूर्ण विषयमा छलफल भएको  बताएकाे छ ।   उहाँले भेटका क्रममा विशेषगरी जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका विभिन्न समस्या पीडा संघर्ष तथा आगामी दिनमा आउन सक्ने चुनौती र तिनको समाधानका उपायबारे विचार आदानप्रदान गरिएको कालिकोट सेवा समाज जापान का अध्यक्ष    तुफान शाहिले जानकारी दिनुभएको छ ।

त्यसैगरी कालिकोट सेवा समाज जापानको स्थापना उद्देश्य वर्तमान अवस्था तथा आगामी कार्ययोजनाका विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ। छलफलका क्रममा जापानमा रहेका नेपाली विद्यार्थीका समस्या तथा समुदायका सरोकारका विषयलाई गम्भीरतापूर्वक सुन्दै माननीय शाहीले आवश्यक सुझाव विचार र हौसला प्रदान गर्नुभएको थियो।


आफ्ना समस्या अनुभव र भावी योजनाबारे चासोपूर्वक सुनी महत्वपूर्ण सुझाव तथा हौसला प्रदान गर्नुभएकोमा माननीय महेन्द्रबहादुर शाहीप्रति कालिकोट सेवा समाज जापानले हार्दिक आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया