कालिकोट । जिल्लाको महाबै गाउँपालिकामा खेलकुद तथा कला संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको पादमघाट मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियो गिता हरु सञ्चालन गरिने भएको छ।
समाज कल्याण युवा मञ्चको आयोजनामा खुला वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल, हाजिरीजवाफ, लोकदोहोरी र सटफुट प्रतियोगिता सञ्चालन गरिने भएको हो।
मञ्चका अध्यक्ष योगेन्द्र सिंह (स्याडो) का अनुसार स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खेलाडीलाई प्रोत्साहन तथा कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताईएकाे छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा समूहलाई टिम दर्ता गर्न आयोजकले एक सुचना प्रकाशन गरि आग्रह गरेको छ ।
उक्त कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ। लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ४ हजार रुपैयाँ प्रदान गरिनेछ। सटफुट प्रतियोगितामा प्रथमलाई १ हजार ५०० र दोस्रोलाई १ हजार रुपैयाँ पुरस्कार राखिएको छ।

आयोजकका अनुसार प्रतियोगिता सुरु हुने मिती २०८३ साल असोज २९ गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने कार्यक्रम तय गरिएको सूचनामा उल्लेख छ।
अध्यक्ष योगेन्द्र सिंह (स्याडो) ले प्रतियोगितामा सहभागी हुन चाहने खेलाडी तथा समूहलाई निर्धारित समयभित्र टिम दर्ता गरी सहभागिता जनाउन आग्रह गरेका छन्।
खेलकुद केवल मनोरञ्जन मात्र नभई युवाको प्रतिभा पहिचान, अनुशासन, आपसी सद्भाव र सामाजिक एकताको माध्यम पनि हो। पादमघाट मेलाले स्थानीय खेलाडी तथा कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।
समाज कल्याण युवा मञ्चले सम्पूर्ण खेलाडी, कलाकार, स्थानीयवासी तथा खेलप्रेमी महानुभावलाई पादमघाट मेलामा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।


तिलाप्रेस । २३ कार्तिक २०८३, आईतवार १०:५४