कालिकोट : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोट र यस शाखा अन्तर्गत संचालित डिपो कार्यालय पादमघाट,खल्लागाड बाट उपभोक्ता तथा नागरिकलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरिएको बताएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटका कार्यालय प्रमुख निर्मल विष्टका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको कार्यविधि अनुसार दुर्गम भेगका नागरिकका सहजका लागि भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैं तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्लामा सहुलियत दरमा चामल, बिक्री सुरु गरिएको हो ।
कम्पनीले अहिले अरुवा सोना मन्सुली,स्टिम जिरा मसिनो चामल,एफआर जिरा मसिनोे चामल,अरुवा मोटा चामल, एफआर मोटा चामल गरी पाच थरीको चामलमा प्रतिकिलो पाँच रुपियाँ छुटमा सहुलियतमा पाउने गरि वितरण गरिएको सुचना अधिकारी भिम बहादुर बुढाले जानकारी दिनुभयो ।

तिलाप्रेस । ३० भाद्र २०८२, सोमबार १८:१३