प्रथम शुमन स्मृती भलिबल कपको उपाधी जित्न सफल वडा नं.३

कालीकोट

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

प्रथम शुमन स्मृती भलिबल कपको उपाधी वडा नं.३ ले हात पारेको छ । स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ जिल्लाको रास्कोट नगरपालीकामा समाज सुधार यूवा क्लवले स्वर्गीय शुमन शाहीको सम्झनामा आयोजना गरेको प्रथम सुमन स्मृती भलिबल कपको उपाधी वडा नम्बर ३ ले हात पारेको हो ।

खेल जिबनमा लागेर केही छैन भन्ने जस्ता नैराश्यतालाई मध्यनजर गर्दै स्वर्गीय शुमन शाहीको सम्झनामा प्रथम पटक शुमन स्मृती भलिबल कपको आयोजना गरेको समाज सुधार युवा क्लबका अध्यक्ष प्रदिप शाहीले बताए । शाहीका अनुसार यस अघि पनि थुप्रै कार्यक्रम संचालन गर्दै आएको र यस्लाई निरन्तरता दिने उहाँको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काली बहादुर महताराले खेल क्षेत्रलाई जोगाई राख्नुका साथै खेलक्षेत्रलाई आगाडी बढाउनका लागी एक जुट भएर गर्नुपर्नेमा जोड् दिनुभयो ।। साथै वडा नम्बर ५ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि मन तिरुवाले खेल र खेलाडीहरु को जिवन स्तरलाई माथी उकास्नका लागी खेलक्षेत्र सँगसँगै व्यापार, लगाएतका स्वरोगारको सिर्जना गर्नुपर्ने तिरुवाको बताए । आफु जुनसुकै ठाउँमा भएपनी खेल र खेलाडीको लागी हरपल साथमा रहने समेत उहाँको भनाई रहेको छ ।

बुधबार वडा नं.५ को खेल मैदानमा भएको खेलमा वडा नं.२ लाई पराजित गर्दै वडा नं.३ ले उपाधि हात पारेको हो । वडा नं.२ लाई सोझो सेटले पराजित गरेर वडा नं.३ ले प्रतियोगिताको बिजेता बन्न सफल हो ।प्रतियोगिताको विजेता वडा नं.३ ले १३ हजार २ सय रुपैयाँ नगद मेडल र प्रमाण पत्र पाएको छ भने उप–विजेता बनेको वडा नं.२ ले ६ हजार ६ सय मेडल र प्रमण पत्र प्राप्त गरेको छ । उक्त खेलको उद्घाटन भने कार्यक्रमका प्रमुख अतिथि काली बहादुर महतारले गर्नु भयको थियो भने प्रमुख एम्पायर को भुमीकामा राष्ट्रिय खेलाडी गोरख शाही हुनुहुन्थ्यो । उक्त खेलमा १२ वटा टिमको सहभागीता रहेको थियो

तपाईको प्रतिक्रिया