नुनको डिपो स्थापना हुँदा स्थानीय खुशी 

कालिकोट जिल्लाको महावै गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि नुन डिपो स्थापना गरि पालिकको बेर्तामोडबाट बितरण गर्ने भएको छ । ११ पाकेट नुन लिनका लागी १ हजार देखि २ हजार सम्म खर्च गरेर सदरमुकाम मान्म धाउनु पर्ने बाध्यताबाट मुक्त गराउँन पालिकाले बेर्तामोडमा डिपो स्थापना गरेको हो ।
नागरिकहरुले ११ पाकेट नुन लिनकै लागी सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्यगर्न पालिका नुन डिपो स्थापना गरि आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताए । हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरि सेवा प्रभाव गरेको गाउँपालिकाले जानकारी दिएको छ ।


नुन लिन आएका स्थानीयले भने, ‘बल्ल गाउँमा सिंहदरबार आएको महसुस भएको छ, अहिले पैसा भएपछि सबै थोक गाउँमै पाइन थालेको छ । विगतमा नुनकै लागि एक महिनाको पैदल बाटो हिँडेर राजपुर कटासे गएको थिएभने अहिले पालिका बाटै नुन लिन पाउँदा खुशी भएको स्थानीयको बताएका छन् ।
‘आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो’, उनले भने,‘अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।

तपाईको प्रतिक्रिया