सान्तीघाट देखि गाउँपालिका सम्मको सडक स्तारोन्नति लागी अध्यक्ष केसीद्वारा शिलान्यास 

कालिकोट, सान्तीघाट देखि गाउँपालिका सम्मको सडक स्तारोन्नति लागी शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसी द्वारा शिलान्यास गरिएको छ ।।सान्ती घाट देखि गाउँपालिका सम्मको सडक स्तर उन्नतिको लागी सडकखण्डको शिलान्यास गर्दै अध्यक्ष के सि ले सडकको पहुँचबाट जनजीविकामा समेत प्रत्यक्ष सहजीकरण हुने तथा, ग्रामीण भेगदेखि सहरसम्म सहज आवतजावतका लागि सडक यातायात महत्वपूर्ण रहेको बताएका छन्।


कालिकोटका विकट भनिएको उत्तरी क्षेत्रबाट कृषि उपजदेखि स्थानीय नागरिकलाई यातायातको पहँुचमा पुर्याउनका लागि सडक संजाल अति आवश्यक रहेको भन्दै अध्यक्ष केशीले सो क्षेत्रमा निर्माण हुने सडकले पहाडी भेगलाई कर्णाली करिडोर सम्म जोड्ने बताए।
‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पु¥याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पु¥याउनका लागि महत्वपूर्ण हुने गाउँपालिका उपाध्यक्ष पार्वती सिंह संज्यालले बताउनु भयो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकि अधिकृत,वडा अध्यक्ष लगायतको उपस्थितीमा सडकको सिलान्यास गरिएको थियो ।।

तपाईको प्रतिक्रिया