कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ को देवारी भन्ने स्थानमा बिधुत करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । कर्णाली राजमार्ग हुँदै जुम्ला पुर्याईएको बिधुत केन्दिय प्रशारण लाइनको पोल उठाउने क्रममा करेन्ट लागेर गंम्भिर घाइते भएका तिलागुफा ४ का २२ बर्षिय अर्जुन शाहीको नगर अस्पताल तिलागुफा राचुलिमा मृत्यु भएको हो ।
अस्पताल पुग्दा उनको मृत्यु भैसकेको अबस्था भए पनि करेन्ट लागेर डेथ भएको ब्यक्तिको मृत घोषणा गर्न चिकित्सक आबश्नयक पर्ने हुदा मृत घोषणा गर्न रेफर गरिएको राचुलि अस्पतालका इन्चार्ज सृर्जना शाहीले बताउनु भयो । दिउसो अन्दाजी १ बजेर ४० मिनेटमा उक्त शाही सहित अन्य ६ जना कामदार ढलेको पोल उठान लागेका बेला बिधुत झड्का लागेको थियो ।





तिलाप्रेस । ७ पुष २०८०, शनिबार १७:५१