जनममैना स्मृति पार्क निर्माणका लागी ,श्रमदान अभियान सुरु

कालिकोट २०६२ ,६३ को जनआन्दोलनमा ज्यान गुमाएका कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका ०२ का महान सहिद जनम बराल र मैना बरालको सम्झनामा खाँडाचक्र नगरपालिका ०२ स्थित नैनलमाडु डाँडामा जनम बराल स्मृति फाउन्डेसनको आयोजनामा जनममैना स्मृति पार्क निर्माणका लागि स्थानीयले बिहिवारदेखि श्रमदान सुरु गरेका छन् । खाँडाचक्र नगरपालिका ०२ लाई पर्यटन प्रवर्द्धनमा जोड्ने योजनाका साथ पार्क निर्माण कार्य फाउन्डेसनले आयोजना गरेको र स्थानीयवासीले त्यसमा साथ सहयोग गरेको फाउन्डेसनका सचिव बिवेक बरालले बताउनुभएको छ भने श्रमदानको काम पुष १२ गते सम्म हुनेछ ।पार्कको स्टिमेट अनुसार राष्ट्रिय झण्डा राख्नका लागि बनाईने चौताराका लागि ३ मिटरको बृतमा फन्डिसन बनाउने काम सकिएको छ ।खाँडाचक्र नगरपालिका ०२ को भुगोल पर्यटन प्रवर्द्धनको लागि प्रसस्त सम्भावना बोकेको भएता पनि सरकारले कुनैपनि खालको योजना नल्याउँदा फाउन्डेसनले यो कामको सुरुवात गरेको बताईएको छ ।

पार्कको निर्माणका लागि फाउन्डेसनका अध्यक्ष प्रकाश बरालको नेतृत्वमा गाउँका प्रत्येक घरबाट १ जनाको सहभागी रहने फाउन्डेसनका कोषाध्यक्ष विपना बरालले बताउनु भएको छ । पर्यटन प्रवर्द्धन गर्नकालागि स्थानीय सरकारलाई फाउन्डेसनले बारम्बार शुझाब सल्लाह र ध्यानाकर्षण पत्र दिँदा पनि सरकारले कुनैपनि चासो नराखेकाले पञ्चदेवल सामुदायिक वनको कार्यसमिति संग सल्लाह गरि जनम बराल स्मृति फाउन्डेसनको अगुवाइ र फाउन्डेसनका अध्यक्ष प्रकाश बरालको नेतृत्वमा श्रमदान अभियान सुरु भएको हो ।

पार्क निर्माण लगत्तै खाँडाचक्र नगरपालिका ०२ मा परापुर्व कालमै पाँच भाइ पाण्डबद्धारा निर्मित पश्चिम नेपालमा प्रख्यात छुट्टै पहिचान बोकेको पञ्चदेवल मन्दिरलाई जिर्ण हुनबाट बचाउनका लागि र अँझ सौन्दर्यता बढाउन रङ्गरोघन देखि विभिन्न जातका फुलको बगैँचा बनाउने , नेपाली सेनाद्धारा कर्णाली राजमार्गको ८८ किलोमिटर सढक निर्माणको क्रममा २०६४ साल मंसिर १७ गते तिला र कर्णाली नदिको दोभानमा बनेको नित्यशोर महादेवको मन्दिर अहिलेको समयमा जिर्ण बन्दै गएकाले उक्त मन्दिरलाई पहिलेकै अवस्थामा फर्काउन र खाँडाचक्र नगरपालिका ०२ को सौन्दर्यता बढाउनका लागि निरन्तर श्रमदान अभियान रहिरहने फाउन्डेसनका अध्यक्ष प्रकाश बरालले बताउनुभएको छ ।

जनम बराल स्मृति फाउण्डेशन जनयुद्धका एक महान सहिद जनम बरालको सम्झनामा वि स २०७४ जेष्ठ ४ गते खोलिएको एक सामाजिक संस्था हो जसको स्थापना कालदेखी २०८० सम्म आईपुग्दा नेतृत्व मुक्ति प्रसाद वरालले गर्नु भएको थियो भने २०८० कात्तिक २२ गते देखी नया कार्य समितिका साथ प्रकास बरालले नेतृत्व गर्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया