कालिकोट टाइफाईड विरुद्धको खोप अभियान सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । भुकम्प प्रभावित जिल्लाहरुमा टाइफाईड विरुद्धको खोप अभियान संचालन सम्बन्धि जिल्ला खोप समन्वय समिति तथा संचारकर्मीहरुका लागि १ दिने अभिमुखिकरण सम्पन्न भएको हो । जिल्ला खोप समन्वय समितिको उपसंयोजक एवं जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावतको अध्यक्षतामा भएको अभिमुखिकरणमा जानकारी गराउदै स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख संकेत विश्वकर्माले कालिकोटमा पौष १२ देखि १४ र १६ देखि १८ सम्म १५ बर्ष देखि ४५ बर्ष उमेरसमुहका ६० हजार ९ सय १ जना नागरीकलाइ टाईफाईड खोप सबै वडामा रहेका खोप केन्द्रमा लगाईने बताए ।

उनले टाईफाईड विरुद्धको खोप देशै भरी अभियानका रुपमा सुरु भएकाले सवैले खोप लगाउनुपर्ने बताए । अभिमुखिकरणमा बोल्दै सरोकारवालाहरुले यो अभियानलाई सफल पार्नका लागि सवैले महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणृेश नेपाली, प्रहरी प्रमुख अर्जुन केसी, स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख संकेत विश्वकर्मा, गैर सरकारी संस्था महासंघका कर्णााली प्रदेशका उपाध्यक्ष वीरेन्द्रबहादुर बुढा, नेपाल रेडक्रस सोसाईटी शाखा कालीकोटका सभापति बलप्रसाद संज्याल नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्ट लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।




तिलाप्रेस । ४ पुष २०८०, बुधबार १७:३४