कालिकोट चाडवाड लक्षित सहुलियत मूल्य पसल आजदेखि सुरु भएको छ ।सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि कालिकोट जिल्ला भित्र रहेका नागरिकहरु लाई सहजताका लागी सुपथ मूल्य पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.शाखा कार्यालय कालिकोटले जानकारी दिएको छ
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.शाखा कार्यालय कालिकोटले जनाएको छ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सहुलियतमा स्टिम जिरा चामल बितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख धनजित शाहीको प्रमुख अथिथ्यतामा संचालन भएको कार्यक्रममा कालिकोट बाशीले सहुलियत मूल्यमा सबै किसिमका स्टिम जिरा चामल, बजारको मूल्यभन्दा प्रतिकिलो ७ रुपैयाँले सस्तोमा विक्री वितरण हुने जोरासिंह माझिले जानकारी दिनुभयो ।





तिलाप्रेस । २१ आश्विन २०८०, आईतवार १७:३९