कालिकोट प्यान ईन्टनेश्नल नेपालको आर्थिक सहयोग श्री मालिका आधारभुत बिदालयको आयोजनामा मिति २०८०÷४÷३० गते मंगलबारका दिन बिद्यालय ब्यावस्थापन समिती का अध्यक्ष अरुण कुमार शाहिको प्रमुख आथित्यता, वडा नं.,४ का वडा अध्यक्ष देबनाथ योगिको विशेष आथित्यतामा बाल बिबाह न्युनिकरणका लागि देउडा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको शान्नित्रिबेणि गाउपालिका वडा न ४ को श्री मालिका आधारभुत बिद्यालयमा बाल बिबाह न्युनिकरण का लागि देउडा प्रतियोगिता कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा बोल्दै बिद्यालय ब्यावस्थापन समिती का अध्यक्ष शाहीले बाल विवाह एक समस्या रुपमा रहेको हुँदा सो बाल बिबाह न्युनिकरण का लागि यो कार्यक्रम प्रभावकारी भएको समेत बताउनु भएको छ ।

साथै कार्यक्रममा बाल बिबाह अन्त्य गरोै भन्ने मुल नाराका साथ म सानेै छु बढन देउ बाल बिबाह होईन पढ्न देउ म पनि बाल बिबाह गर्दिन अरुलाइ पनि बाल बिबाह गर्न दिन्न भन्ने लगायताका कुरा हरु समेटेर देउडा प्रर्तियोगिता प्रर्दशन समेत गरिएको थियो ।
तिलाप्रेस । ३१ श्रावण २०८०, बुधबार ०९:३४