कालिकोट प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा दुई दिने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम सुरु भएको छ ।शुभकालिका गाउँपाकिलाको स्वास्थ्य चौकी राराकाटियामा संचालन भएको दुई दिने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिमां प्रशिक्षक परिषदका सुदुरपश्चिम प्रदेश सह –संगठन सचीव मणिराम चौलागाईंको प्रमुख आतिथ्यता प्रशिक्षक परिषदका पालिका अध्यक्ष कुस्माखर चौलागाईकों बिशेष अतिथ्यता, पालिका सचीव बिनोद अधिकारी , प्रदेश सदस्य खगेन्द्र चौलागाईंको अतिथ्यतामा कार्यक्रम संचालन भएको हो ।
उक्त तालिममा परिषदका पालिका सचीव बिनोद अधिकारीले उत्त कार्यक्रमको स्वागत मन्तव्य राख्नुभएको थियो भने सुदुरपश्चिम प्रदेश सह –संगठन सचीव मणिराम चौलागाईंले ,शैक्षिक गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै दुई दिन सम्म संचालन हुने तालिममा आत्म जागरण,अनुभुती ,प्रभावकारी संचार ,सिर्जनात्मक सोचाईको क्षमता बढाउन दुई दिने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम संचालन गरे सगै उक्त दुई दिन सम्म चल्ने तालिममा अध्यनरत २७ जना विद्यार्थी रहेको परिषद नेपालका नगर सचीव बिनोद अधिकारी ज्युले जानकारी गराउनु भएको छ ।
तिलाप्रेस । १२ श्रावण २०८०, शुक्रबार २०:१९