हिमोफिलियाका बिरामी बढ्दै

ललित विष्ट ,
कालिकोटको नरहरीनाथ गाँउपालिका वडा नं. ८ लालुकी कलसा बिष्ट र तपेन्द्र बिष्टको पहिलो सन्तान छोरा जन्मियो । गाँउको बसाई पहिलो सन्तान छोरा जन्मेपछि परिवार र छरछिमेकले निकै उत्सव नै मनाए । तर त्यो उत्सव धेरै दिन टिक्न सकेन्।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

छोरा छमहिनाको हुँदा शरीरमा फोका र राता डामहरु निस्किए । हात खुट्टामा निल डामहरु देखिए । थोरै काटिदा पनि रगत बगेको बगै हुनेभयो । कहिले त नाखबाट आफै रगत आउन थाल्यो । पहिलो सन्तान बिरामी भएपछि ती बिष्ट दम्पतीहरुले गाँउको स्वास्थ्य चौकीमा लिए । त्यहाँ देखाए । उपचार गरे । निको भएन् । आर्थिक अवस्था समेत कम्जोर रहेको बिष्ट परिवारले छोराको उपचारका लागि कालापाहाड गए । कमाउदै उपचार गर्दै गरे । तर पनि निको भएन् ।

भारतबाट बिरामी छोरा र कमाएको पैसा उपचारमै खर्चेर घर फर्किए । घर फर्किदा गाडीमा त्यस्तै रोकको अर्को बिरामीसँग भेट भयो । यो रोग त काठ्माण्डौ गएपछि निको हुन्छ । फ्याक्टर लगाउनु पर्छ भनेर सल्लाह पाए । गाँउ आएर उनीहरुले सुनका गहना, घर खेत बिक्रि गरेर काठ्माण्डौ गए ।

काठ्माण्डौ बीर अस्पतालमा छोरालाई हिमोफिलिया भएको थाहा पाए । बिरामी बसन्त बिष्टकी आमा कमलाले भनिन्, छोराको बिराम थाहा पाउनै २ बर्ष लाग्यो । त्यति बेलासम्म झण्डै १५ लाख रुपैया उपचारमा खर्च भईसकेको थियो । पछि थप ऋण सापट गरेर जेठो छोरालाई उपचार गरियो । त्यति बेला नै हिमोफिलियाका बिरामीहरुले खोलेको संस्था हिमोफिलिया सोसाईटी नेपालमा आबद्ध भए । त्यसपछि छोराको उपचारको लागि औषधि यो संस्थाले सहयोग गर्न थाल्यो ।

श्रीमान तपेन्द्र बिष्ट भारतको ब्यांलोर गए । उनले कमाएर पठाउने कमलाले छोराको उपचार र रेखदेख गर्ने गरिन् । १८ बर्षदेखी श्रीमान ब्यांलोरमै रोजगारी गर्छन् । संस्थाको सहयोगले बिष्ट दम्पत्तीलाई आर्थिक समस्याबाट केही राहत भयो । उसलाई ९ फ्याक्टर लगाउनुपर्छ । तर यो फ्याक्टर निकै सटेज हुन्छ । अहिले यो फ्याक्टर नपाउदा तीन हप्तादेखी जेटो छोरा ओछ्यानमै तड्पिरहेको छ । आमा कमलाको रुवाबासी छ । १८ बर्षको ८ कक्षा पढ्ने छोरालाई औषधि नपाउदा शौचालय लिन पनि बोकेर लिनुपर्छ । बिद्यालय जान पाएको छैन् । बाँया खुट्टाको घुडा फुलेको छ । नाकबाट निरन्तर रगत बग्छ । शरीर दुख्या भनेर छोरा कराउछ । दिनमा दुई गोली ब्रोफिन खुवाएर सुताउनुपर्छ ।

छोराको छटेपटी सुनाउदै कमलाले भनिन्, यो फ्याक्टर कहिले ५ महिनादेखी बर्षदिनसम्म पाईदैन् । त्यति बेलासम्म दुखाई कम हुने गोली ओभर डोज खुवाएर छोरालाई ओछ्यानमा सुताउनुपर्छ । त्यो औषधि पाईयो भने एक डोज लगाउने बित्तिकै छोरा बिद्यालय हिडेर जान्छ ।

जेठो छोरा मात्र होईन्, जेठो छोरा जन्मेको तीन बर्षपछि माईलो छोरा कृष्ण जन्मीयो । उसलाई पनि बर्षदिन हुँदा त्यही रोग देखियो । गाँउमा जेठो छोरालाई उपचार गर्दा गर्दै सम्पती सकिएर आर्थिक जोखो गरेर उपचारमा लिदै गर्दा बीचबाटोमै माईलो छोराको मृत्यु भयो । त्यसको दुई बर्ष पछि कान्छो छोरा अमिम बिष्ट जन्मीयो । उ पनि त्यही रोगको शिकार बनेको छ । उसलाई पनि ९ फ्याक्टर नै लगाउनुपर्छ । हाल कक्षा ६ मा पढ्छ । उसको पनि शरिर दुख्छ । नाकबाट रगत बग्छ । औषधि छैन् । तर जेठो छोरालाई जस्तो गारो छैन् । अलि कम छ ।

बिष्ट दम्पतीलाई मात्र होईन्, कर्णालीमा हिमोफिलिया रोगका कारण धेरै परिवारलाई सताएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित मेहेलकुनाका लालसिंह बिक पनि त्यही रोगले ग्रसित छन् । उनी २ बर्षको हुँदा देखिएको रोग पत्ता लगाउनै ६ बर्ष लाग्यो । झण्डै १५ देखी २० लाख खर्च भयो । बुवा सशष्त्र प्रहरीमा कार्यरत भएकाले उनको जागिर नै छोराको उपचारमा गयो । अहिले उनले सिएमए पढेर गाँउमा क्लिनिक राखेका छन् ।

 

तपाईको प्रतिक्रिया