महासंघ कर्णाली प्रदेश कार्यसमितिको साधारण सभा सम्पन्न गर्नको लागि विभिन्न कार्यसमिति चयन

कालिकोट नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्य समितिको साधारण सभा पहिलोपटक कालिकोटमा आयोजना हुने भएको छ। महासंघको साधारण सभा सम्पन्न गर्नको लागि आज वसेको पत्रकार महासघ कालीकोटका अध्यक्ष भरतराज विष्टको अध्यक्षतामा आज वसेको वैठकले महासंघको साधारण सम्पन्न गर्नका लागि विभिन्न कार्यसमिति तोकेको छ । महासङ्घको प्रदेश कार्यसमितिको आयोजना तथा कालिकोट शाखाको समन्वयमा चैत्र १८ र १९ गते साधारण सभा कालिकोटको नरहरिनाथ गाउँपालिकामा रहेको सुनथराली विमानस्थलमा हुने भएको हो।

साधारण सभाका लागि विभिन्न समिति र उपसमिति निर्माण गरेर महासङ्घले तयारी गरेको छ। साधारण सभाको उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, सङ्घीय सरकारका सञ्चार मन्त्री, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि र प्रदेश सभा सदस्य, कालिकोटस्थित स्थानीय तहका प्रमुख र विभिन्न सङ्घ सङ्गठनका प्रमुखको सहभागिता रहने महासङ्घले जनाइएको छ। कालिकोटको पहिचान भाषा संस्कृतिको जर्गेना, पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्द्धनका लागि इतिहासमै पहिलो पटक महासङ्घको साधारण सभा कालिकोटमा हुने भएको हो।

तपाईको प्रतिक्रिया