हस्त चौलागाँइ
माघ ५ कालिकोट
कालिकोट । कर्णाली जलाधार क्षेत्रका विषयमा पत्रकार तथा सरोकारवालाहरुसंग बृहत छलफलत तथा बहस गरिएको छ । कर्णाली जलाधार क्षेत्रमा खानेपानीको हिसावले असुरक्षित, खानेपानी तथा सरसफाइको पहूँच र सुविधाबाट वञ्चित घरधुरी एवं समुदायको जल सुरक्षित भविष्य र जीविकोपार्जनका लागि सम्भावित बाधाहरुको सम्बोधन गर्न छलफल गरिएको हो ।
कर्णाली जलाधार क्षेत्रमा दीगो जलस्रोत व्यवस्थापन सुनिश्चित् गर्न आवश्यक समन्वय र क्षमता अभिवृद्धि गर्ने यस परियोजनाको मुख्य उद्येश्य रहेको छ । कर्णाली जलाधार परियोजनाले ३ प्रदेशका २९ वटा पालिकाकाम गरिहेको छ ।
कर्णाली जलाधार क्षेत्रको जल सुरक्षित भविष्य र दीगो जलस्रोत व्यवस्थापनका आवश्यकता र चुनौती सम्बोधन गर्न एक जल अवधारणा (वान वाटर अप्रोच) लाई अवलम्वन गर्ने छ । सुरक्षित खानेपानी तथा उत्पादनशिल जल उपयोगका लागि दीगो पहूँच अभिवृद्धि गर्ने आसय यस परियोजनाको रहेको छ । स्थानीय तहमा सबैको लागि सुरक्षित खानेपानीको आपुर्ति, कृषिजन्य उत्पादन वृद्धि तथा विकास र सामुदायिक उत्थानशिलताको लागि जलको उत्पादनशील प्रयोग, जल सुरक्षा र जल संरक्षणको लागि घरायसी र कृषि कार्यमा सामाजिक मान्यता तथा व्यवहारमा परिवर्तन गर्ने परियोजनाका सल्लाहकार नरविर ऐडी बताए ।
जलाधारका पालिका संयोजक प्रविन नेपालीले जुलाई २०२४ सम्म २ सय ७० खानेपानी आयोजना निर्माण तथा पुर्ननिर्माण गर्ने ,५० बहुउपयोगी खानेपानी आयोजना निर्माण,१० नगर सरसफाइ योजना तथा नगर सरसफाइ ब्यवसायिक योजना निर्माण गर्ने बताएका छन् । नेपालीका अनुसार ६ दिसाजन्य लेदो प्रसोधन केन्द्रको निर्माण तथा ६ लेदो प्रसोधन केन्द्र सञ्चालन योजना निर्माण,२९ जल उपयोग गुरुयोजना निर्माण,२ सय ७० खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन र क्षमता बिकास गर्ने र २९ संस्थागत क्षमता स्व–मूल्यांकन वाट संस्थागत क्षमता विकास योजनाको तयारि गर्ने बताएका हुन । कणाली जलपरियोजना भित्र पनी विशेष गरी तिला जलाधार क्षेत्रको बारेमा सरोकारवालाहरुलाइ जानकारी गराइएको छ । सामाजिक व्यवहार परिवर्तन सम्वन्धि जिल्ला स्थित पत्रकार तथा अन्य सरोकारवालाहरुसंग विशेष बहस गरिएको हो । युएस ए आइडी कर्णाली जलपरियोजना अन्र्तगत तिला जलाधार क्षेत्रको बारे पत्रकार तथा सरोकारवालाहरुसंग सुचना आदान प्रदान एवं पत्रकार र सरोकारवालाहरुको भुमिका के कस्तो रहन्छ भनी समुह कार्य समेत गरिएको छ । कार्यक्रम गर्दा स्थानीय सरकारको विशेष भुमिका रहने पनी सहभागिहरुको जोड छ ।

तिलाप्रेस । ५ माघ २०७९, बिहीबार १५:०४