पुस,२५ कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं.५को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ। आईतबार एक कार्यक्रमका विच निःशुल्क घुम्ती स्वास्थ्य शिविर संञ्चालन गरिएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताए ।
सिंहका अनुसार शिविरबाट कुल २ सय १५ जना सेवाग्राहीहरुले सेवा लियका छ्न ।दुर्गम गाउँ वस्तीका अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक ,गर्भवती महिला तथा वालवालिका लगायतका २ सय १५ जनाले स्वास्थ सेवा लियका छन ।
भौगोलिक कठिनाइका कारण सहजै रूपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्न सकिने अवस्था नभएकोले महावै गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविरमार्फत सेवा दिन थालेको अध्यक्ष सिंहको भनाइ छ।

गाउँपालिकाले विशेषज्ञ डाक्टरसहित गाउँमा घुम्ती शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं.५ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविर सञ्चालन बाट २ सय १५ जना सेवाग्राहीहरुले सेवा लियका छन




तिलाप्रेस । २५ पुष २०७९, सोमबार ०७:४३