पोैष २१ कालिकोट
कालिकोट जिल्लाको सान्नीत्रिवेणि गाउँपालिकामा सुत्केरि हुन नसकेपछी हेलिकप्टर मार्फत सुर्खेत रेफर गरिएको छ । सान्नीत्रिवेणि गाउँपालिका वडा नं ६ निवासि वविता सार्की सुत्केरि हुन नसकेपछि हेलिकप्टर मार्फत रेफर गरिएको हो । राष्ट्रपति सुत्केरि उथ्थान कार्यक्रम अन्तरर्गत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत रेफर गरिएको हो ।
स्वास्थ्य चौकि मेहलमुडिमा सुत्केरि गराउन नसकेपछि सुर्खेत रेफर गरिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले बताए ।स्थानिय सरकार अनुभुति गराउनका लागि नागरिकहरुलाई सहज रुपमा सेवा दिनका लागि आफुहरु जनताको सेवक बनेर काम गरिरहेको केसिले बताए ।

यो आर्थिक वर्षमा मात्र गाउँपालिकाका ३ जनालाई उद्दार गरिएको उपाध्यक्ष पार्वति सिंह संज्यालले बताईन । अबस्था जटिल भएको हुँदा गाउँपालिकाको यम्बुलेन्स मार्फत पठाउन नसकेको र हेलिकप्टरको लागि पहल गरेर सुर्खेत रिफर गरेको समेत सिंहले बताउनु भएको छ ।
तिलाप्रेस । २१ पुष २०७९, बिहीबार १९:४१