पौष १३ कालिकोट जिल्लाको पचालझना गाउँपालिकामा बाढिपहिरो पीडित परिवारहरूलाई राहत उपलब्ध गरिएको छ । गत असोज १९ गते देखि लगातार परेको अविरल वर्षासंगै बाडिपहिरोबाट प्रभावित भएका पचालझरना गाउँपालिका भित्रका ५९ घरधुरिलाई नगद पाच हजार राहत उपलब्ध गराएको हो ।
मगलबार एक कार्यक्रमका विच रेडक्रसले गाउपालिकाका ५९ घरधुरिलाई पाच हजार नगद सहित राहत उपलब्ध गराएको हो । यस अघि पिडितलाई रेडक्रसको सहयोगमा पाल,कम्बल र म्याट उपलब्ध गराई सकेको पचालझरना गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिकले जानकारि दिनु भएको छ ।

साथै पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले अहिले गाउपालिकाका वडा नं.एक देखी नौं वडा सम्मका पहिरो पिडीत परिवार लार्इ राहत वितरण गरिएको बताउनु भएको छ । वडा नं. १– ५ २– ५,३–१२, ४–५ ,५–५, ६–१०, ७–७, ८– ५ र ९–५ जना गरि जम्मा ५९ घरपरिवार राहत उपलब्ध गराईएको बताईएको छ ।
तिलाप्रेस । १३ पुष २०७९, बुधबार १७:३८