कालिकोट दलित सेवा संघ कालिकोटको पहिलो बैठक सम्पन्न भएको छ । दलित अधिकारका लागि जिल्लामा विभिन्न मुद्धाहरु उठाउने ,दलित अधिकारका क्षेत्रमा क्रियाकलाप संचालन गर्ने जस्ता विषयमा विभिन्न निर्णयहरु गदै पहिलो बैठक सम्पन्न भएको छ । दलित सेवा संघ कालिकोटका अध्यक्ष वसन्त सुनारको अध्यक्षतामा बैठक बसेको थियो । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ को लुवारेकोटमा भएको बैठकबाट दलित सेवा संघको महाधिबेशनका लागि दलित सेवा संघका अध्यक्ष बसन्त सुनार,सचिव रमेश सुनार र दलित सेवा संघ कालिकोटका सदस्य दान बहादुर विश्वकर्मा जाने भएका छन् । कार्यक्रमको संचालन सचिव रमेश सुनारले गर्नुभएको थियो ।

तिलाप्रेस । २४ मंसिर २०७९, शनिबार १७:४९