लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मंसिर ९ कालिकोट सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरोद्धको अभियान भन्ने मुलनाराका साथ लैङ्गिक हिंसा विरोद्धको १६ दिने अभियानको आज उद्घाटन गरिएको छ ।अभियानको सुरुवातका क्रममा घरेलु हिंसा अन्त्य गरौं,छाउपडी प्रथाको अन्त्य गरौं,लैंगिक हिंसा अन्त्य गरौं,कुरा हैन काम गरौं,भ्रुण हत्या अन्त्य गरौं,महिला सम्मानको आधार सिपयुक्त र स्वरोजगा लगाएतका नारा लेखिएका प्ले कार्डसहित ¥यालि निकालिएको हो ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले महिलां हिंसा तथा छाउपडी प्रथा बाल विवाह जस्तो अपराध गर्नेलाई प्रभावकारी तरिकाले कानूनी कारर्वाही नगरेसम्म विभिन्न हिंसा अन्त्य नहुने वताउनु भयो । यस्ता हिंसा शिक्षीत समाजमा अलि कम हुने र अशिक्षित समाजमा धेरै लैंगिक हिंसा,छाउपडि प्रथा र वालविवाह जस्ता अपराधिक गतिविधिहरु हुने गरेको पाईन्छ । त्यसलाई कानुनले पनि अपराधको रुपमा लियको छ ।

हाम्रो समाजमा यस्ताखालका अपराधका घटनाहरु घटिरहन्छन फेरि तेही समाजमा मेलमिलाप गर्ने गरेको पाईन्छ । हामिलाई कसैले सुचना दिदैन । सुचना प्राप्त भयको खण्डमा हामि कानुमा भय बमोजिम कानुनि कार्वाही गर्ने प्रजिअ शर्माले बताउनु भयो । उक्त आयोजित सभामा खाडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले महिलामाथि हुने सवै प्रकारका विभेद हिंसाको अन्त्य गर्नका लागि नगरपालिकाले प्रत्यक वडामा सचेतनामुलक अभियान गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

खाँडाचक्र नगरपालीका महिला तथा बालवालिका शाखाको आयोजनामा र यूएसएआईडि, प्लान इन्टरनेश्नल नेपाल,सादा नेपाल,हुरेण्डेक,फेडो, आइएन एफ नेपालको सहयोमा ¥यालिको कार्यक्रम सम्पन्न भएको हो । मंसिर ९ गते देखि सुरु भएको लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको मंसिर २४ गते सम्म विभित कार्यक्रम गरि सम्पन्न हुने छ

तपाईको प्रतिक्रिया